Section 11
रोयल्टी बुझाउनु पर्ने

(१) अनुमतिपत्र प्राप्त व्यक्तिले जलविद्युतको व्यापारिक उत्पादन शुरु गरेको पन्ध्र वर्षसम्म प्रति जडित किलोवाट वार्षिक एकसय रुपैयाँ र प्रति युनिट (किलोवाट घण्टा) सरदर विक्री मूल्यको २ प्रतिशतका दरले नेपाल सरकारलाई रोयल्टि बुझाउनु पर्नेछ ।
(२) उपदफा (१) मा उल्लिखित अवधि पछि अनुमतिपत्र प्राप्त व्यक्तिले प्रति जडित किलोवाट वार्षिक एकहजार रुपैयाँ र प्रति युनिट (किलोवाट घण्टा) सरदर विक्री मूल्यको १० प्रतिशतका दरले नेपाल सरकारलाई रोयल्टी बुझाउनु पर्नेछ ।